हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति



काठमाडौं । विभिन्न १८ हिमाल आरोहणका लागि ५०५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म उनीहरुले अनुमति लिएका हुन् ।

विभागका अनुसार हालसम्म २०४ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । साथै ५२ जनाले लोत्से, कञ्चनजंगा आरोहणका लागि ४६ जनाले र आमादम्बलका लागि ३९ जनाले आरोहणका लागि अनुमति लिएका छन् ।

हिमाल आरोहणका लागि अनुमति दिए वापत विभागले २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु