उपकार लघुवित्तको आइपीओ खुला, कति दिने आवेदन ?



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरेको छ ।

चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई बैंकिङ रहेको छ ।


क्लिकमान्डु