काठमाडौंको चम्पादेवीमा केवलकार बन्ने, ६ अर्बको लागत



काठमाडौं । ईको फ्रेण्डली कम्पनी प्रालिले काठमाडौंको दक्षिणकालीमा रहेको चम्पादेवीका केवलकार बनाउने भएको छ ।

सर्बोच्च अदालतले निर्माणको बाटो खोलेपछि दक्षिणकाली नगरपालिकाले २०७६ साल बैशाख ६ गते निर्माणको अनुमति दिएको थियो ।

निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपाल बाहिर विभिन्न देशमा वस्ने भएको हुँदा निज जग्गाधनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसन सम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीको लागत ५ देखि ६ अर्बसम्म लाग्ने अनुमान गरिएको छ । कम्पनीले यसको लागि विदेशी लगाउने भित्राउने र २०८१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।


क्लिकमान्डु