विद्यालय, स्वास्थ्य चौकी र सिँचाइ परियोजना निर्माण गर्न भारतको ७ करोड बढी सहयोग



काठमाडौं । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङ् जिल्लामा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भारतले दार्चुलाको जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र धादिङको महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

भारतीय राजदूतावास तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् दार्चुलाको दुहुँ गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

३ करोड ३७ लाख रुपैयाँ जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख रुपैयाँ इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख रुपैयाँ महेशफाँट सिँचाई परियोजनामा खर्च हुनेछ ।


क्लिकमान्डु