फर्कियो सेयर बजार, लगानीकर्ता उत्साहित



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा उछाल आएको छ ।

लगानीकर्ताको मनोविज्ञान कमजोर बनिरहेको समयमा बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबार रकम उल्लेख्य नभए पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

बजार मापन गर्ने सूचक ३५.६६ अंकले बढेर परिसूचक २४६४.३१ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक १८.२३, विकास बैंक ७०.७८, फाइनान्स २५.४२, जलविद्युत ३०, जीवन बीमा २५८.५६, माइक्रोफाइनान्स ४७.८२, निर्जीबन बीमा समूहको उपसूचक १०९.१३ अंकले बढेको छ । कारोबारमा हिमालयन पावर पार्टनर, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७ करोड ३९ लाख ९५ हजार २१८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा प्राइम बैंक र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु