माटोको विनाश रोक्न संयुक्त राष्ट्रसंघमा सद्‌गुरुको आग्रह



काठमाडौं । सद्‌गुरुले माटो विनाश भइरहेको भन्दै तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरेका छन् ।

‘माटो जोगाऔँ’ अभियानको समर्थनमा जेनेभास्थित संयुक्त राष्ट्र मिशनमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ’ उनले भने ‘माटो जोगाऔँ, यस धरतीको माटोलाई विनाश हुनबाट जोगाऔं ।’ माटो जोगाउन भन्दै उनले सद्‌गुरुद्वारा गत महिनादेखि विश्वव्यापी अभियान सुरु गरेका छन् ।

आफ्नो १०० दिने यात्राको क्रममा १६ औँ दिनमा, वर्षा र ठण्डीमा कैयौँ घण्टाको चुनौतीपूर्ण यात्रापछि सद्‌गुरु रोमबाट जेनेभा पुगेका हुन् । ‘मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु । सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि बढेन’ उनले भने ।

उनले विश्व समुदायलाई माटो जोगाउनको लागि भावपूर्ण अपिल गरे ‘म्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै हो, ’यदि तपाईंले माटोमा मरेको कुरा हाल्नुभयो भनेपनि, त्यसबाट जीवन अङ्कुरित हुन्छ । यस्तो अर्को कुनै पदार्थ छैन, साथै पूरै ब्रह्मण्डमा हामीलाई थाहा भएसम्म यस्तो अर्को कुनै स्थान छैन ।’

संयुक्त राष्ट्रसङ्घले भयानक खाद्य सङ्कट निम्तिन सक्ने र जसबाट अबको केही दशकमा पूरै विश्व निकै क्रुर द्वन्द्व र हिंसामा फस्न प्रक्षेपण गरेका छन् । माटो जोगाऔँ अभियानको उद्देश्य विश्वभरिका नागरिकहरूलाई आफ्नो राष्ट्रमा माटोको विनाशलाई रोक्नेतर्फ आवाज उठाउनको लागि एकत्रित गर्नु रहेको छ ।

माटोको विनाशले विश्व स्तरमा अकल्पनीय उथलपुथल निम्त्याउन सक्नेभन्दै भोजन र पानीको अभाव, गृह युद्ध, जलवायु परिवर्तनको प्रतिकूल असर पर्ने बताए ।


क्लिकमान्डु