नयाँ वर्षसँगै सीवाईसी नेपाल लघुवित्तले आइपीओ ल्याउने



काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष लगत्तै साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काश गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कम्पनीका कर्मचारीलाई लागि छुट्याइएको छ ।

बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्तामा आवेदन दिन पाउनेछन् । वैशाख २ देखि ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा १६ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तामा आवेदन दिन सकिने छ ।

आइपीओमा सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु