प्रधानमन्त्री देउवाले खुलाएको सुपारी आयात रोक्न वाणिज्य समितिको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खुलाएको सुपाती आयात रोक्न प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रधानमन्त्री देउवाले खुलाएको सुपारी आयात रोक्न वाणिज्य समितिको निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुपारी आयात रोक्न निर्देशन दिएको हो ।

विदेशी सञ्चिती घटेको भन्दै गाडी लगायतका बिलासी वस्तुको आयात एलसी रोक्ने निर्देशन राष्ट्र बैंकले दिएको बेला प्रधानमन्त्री देउवाले केही व्यवसायीको दवावमा सुपारी आयात खुल्ला गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देउवाको मातहतमा छ । उनले सुपारी आयात खुलाउन सचिव समेत परिवर्तन गरेका थिए ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले विदेशी मुद्राको सञ्चिती कम भएको बेला सुपारी आयात खुलाउनु राम्रो नभएको भन्दै आयात रोक्न निर्देशन दिए ।

‘समितिले केही जिल्लाको स्थलगत अनुगमन गर्ने छ,अहिले सुपारी आयात रोक्दा देश हितमा हुने देखिन्छ,’समिति सभापति श्रीवास्तवले भने ।


क्लिकमान्डु