वायुसेवा संचालक संघले भन्यो- भीभीआईपी उडानमा प्रत्यक्ष प्रशारण गर्नु सुरक्षा प्रोटोकलको उलंघन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर पर्कनेक्रममा नेपाल एयरलाइन्सको भीभीआईपी उडानमा प्रत्यक्ष प्रशारणको क्रियाकलापप्रति वायुसेवा संचालक संघ, नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

संघले कुनै पनि मिडिया र पत्रकारको नाम उल्लेख नगरिकन भीभीआईपी उडानका क्रममा मिडिया ग्रुपका व्यक्तिबाट अपनाउनु पर्ने नियम उल्लघंन गर्दै निषेधित कक्षमा क्यामरासहित प्रवेश गरी अमर्यादित व्यवहार दुर्भाग्यपूर्ण भएको ठहर गरेको छ ।

उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जबरजस्ति भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गर्नु जस्ता हर्कत उडान र भीभीआईपी सुरक्षा प्रोटोलकको समेत उल्लघंन भएको जनाउँदै यस्ता कार्य नगर्न सम्बन्धितलाई अनुरोध गरेको छ ।

भारत भ्रमणबाट फर्कने क्रममा पत्रकार ऋषि धमालाले भीभीआईपी कक्षमा पुगेर लाइभ भिडियो प्रशारण गरेका थिए ।


क्लिकमान्डु