सेयर बजारप्रति लगानीकर्ताको विश्वास गिर्दै, बजारमा गिरावट रोकिएन
काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउने क्रम रेकिएको छैन । बजारसँगै कारोबार रकमले पनि साथ छोडेको छ ।
बजारमा इन्डेक्ससँगै कारोबार रकम निरन्तर घटिरहेको छ । जसले गर्दा बजारले लगानीकर्ताको मनोविज्ञान समेत घटाउन सक्ने जानकारहरुको भनाइ छ ।
बुधबार बजार मापन गर्ने सूचकमा दोहोरो अंकको गिरावट आएको हो । बजार २३.३२ अंकले घटेर परिसूचक २४२८.७५ बिन्दुमा रोकिएको छ ।
२२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता सेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८२ रुपैयाँको सेयर किनबेच भएको छ । घट्दो बजारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ १७.०७, विकास बैंक ५२.्५६, जलविद्युत ३३.६४, जीवन बीमा १००.४०, माइक्रोफाइनान्स ५३.९८, निर्जीबन बीमा समूहको उपसूचक १८६.८१ अंकले घटेको छ ।
बजारमा गिरावट आउने क्रम बढेको भएपनि नेष्डो समृद्धि लघुवित्तकोे सेयर मूल्यमा सकारात्मक सर्किट भने लागेको छ ।