सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु