बिवाहको प्रलोभनमा पारी करिब साढे ४२ लाख ठग्ने पक्राउ



काठमाडौं । बिवाह गर्ने प्रलोभन देखाएर ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

बिवाह गर्ने प्रलोभन देखाई आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न, कहिले झारफुक गर्नका लागि उक्त पैसा लिने गरेको पाइएको छ ।

श्रेष्ठले आइएमई तथा सिटिएक्सप्रेस मार्फत पटक पटक उक्त रकम पठाउन लगाई ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौंको बिशाल नगरबाट पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।


क्लिकमान्डु