सेयर बजारमा निरासा बढ्दै, इन्डेक्स २५ सय बाट झर्यो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकममा पनि उत्साह देखिन सकेको छैन ।
कारोबारको सुरुदेखि नै गिरावट देखिएपछि इन्ट्रा ‘डे’ ट्रेडिङमा बढेर २५२५.२५ बिन्दुमा पुगेको बजार पुनः घटेको हो । यो दिन बजार मापन गर्ने सूचक १४.८८ अंकले घटेर परिसूचक २४९८.५३ बिन्दुमा रोकिएको छ ।
लामो समयमपछि बजार २५०० भन्दा तल झरेको छ । बजारले लगानीकर्ताको २५०० को मनोविज्ञान भन्दा तल झरेको छ । बजारमा यसरी आएको गिरावटले लगानीकर्ताले निरास बढी बनाइरहेको जानकारहरुको भनाइ छ ।
२२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँको सेयर किनबेच भइरहेको छ । कारोबारमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।