महालक्ष्मी विकास बैंंकको २०७९ सालको भित्तेपात्रो विमोचन



काठमाडौं । सबल बैंंक, सफल सहकार्यलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । चैत २० गते आइतबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरे ।

कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले वेवसाइट www.mahalaxmibank.com मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गर्न सक्नेछन् ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिजा इएमभी चिप्स बेस्ड ट्राभल कार्ड, इकमर्श कार्ड र डलर कार्ड जारी गरीसकेको छ । समग्रमा चिप्स बेस्ड ट्राभल कार्ड र डलर काडजारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी रहेको छ ।


क्लिकमान्डु