बलेफी हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने अन्तिम दिन आज हो । जसले गर्दा आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।

आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा ९१ हजार ३९८ कित्ता सामुहीक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको छ ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु