बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एडममा २०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले पोखरामा रहेको होटल एडममा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकले उक्त होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउनेछन् । हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु