सिटिजन्स बैंकका ग्राहकले नारायणी सामुदायिक अस्पतालमा १०% छुट पाउने



काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले नारायणी सामुदायिक अस्पतालमा १० प्रतिशत छुट पाउने छन् ।

यसको लागि बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका कार्डबाहकहरुले अस्पतालका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु