सेयर बजारमा अझै रोकिएन गिरावट, कारोबार रकम डेढ अर्ब पनि पुगेन



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा निकै निरासा छाएको छ ।

यो दिन बजार मापन गर्ने सूचक मात्रै नभएर कारोबार रकम निकै घटेको छ । इन्डेक्ससँगै कारोबार रकम दैनिक रुपमा घट्दा लगानीकर्ता निकै निरास बनेका छन् ।

आइतबार बजार मापन गर्ने सूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४४ अंकले घटेर ४६९.०३ बिन्दुमा रहेको छ ।

यो दिन २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँको सेयर किनबेच भएको छ । आइतबारको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । यो दिन बैंकिङ समूहको उपसूचक ८.८३, विकास बैंक ५५.८६, वित्त ३०.६२,जलविद्युत ३९.०४, जीवन बीमा २१६.९९, माइक्रोफाइनान्स ६८.१९, निर्जीबन बीमा समूहको उपसूचक १७४.६१ अंकले घटेको छ ।

बजारमा निरासा छाएको समयमा पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु