सस्तो निक्षेप उठाउन एनआइसी एशिया आक्रामक, किन बदल्यो रणनीति ?



काठमाडौं । केही समय अघिसम्म निक्षेप र कर्जा दुबैमा सबैभन्दा बढी ब्याज दिने र लिने बैंक पर्थयो एनआइसी एशिया । पछिल्ला ४/५ वर्षमा आक्रामक व्यवसाय विस्तार गरेको एनआइसी एशियाले महंगोमा निक्षेप उठाएको थियो ।

आक्रामक हुँदा पछिल्लो ५ वर्षमा बैंक आकारका हिसाबले अधिकांश सूचकमा पहिलो नम्बरमा पर्न सफल भएको छ । आक्रामक विस्तारका कारण चालु आर्थिक वर्षको शुरुवाती महिनादेखि नै बैंकको पुँजीकोष अनुपात टाइट भएको थियो । जसकारण बैंकले ५ वर्षदेखिको आक्रामकतालाई ब्रेक लगाएको छ ।

एनआइसी एशियाले चालु आर्थिक वर्ष निकै सुस्त गतिमा व्यवसाय वृद्धि गरेको छ । गत वर्षको ६ महिनामा साढे ३१ प्रतिशतले निक्षेप बढाएको एनआइसी एशियाले यो वर्षको ६ महिनामा जम्मा २।८३ प्रतिशतले मात्रै निक्षेप बढाएको छ । ०७८ साउन १ गतेदेखि पुस मसान्तसम्ममा बैंकले जम्मा ८ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ०७८ पुस मसान्तमा बैंकको कुल निक्षेप २ खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, यो वर्षको ६ महिनामा एनआईसी एशियाले ९ अर्ब ३९ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । जुन ३।५७ प्रतिशतको वृद्धि हो । ०७७ पुसको तुलनामा ०७८ पुसमा भने कर्जा ४० अर्ब १४ करोडले बढाएको छ । जुन १७।२७ प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको असोज मसान्तको भन्दा पुस मसान्तमा बैंकले १।४४ प्रतिशत अर्थात् ३ अर्ब ९१ करोड रुपैयाँले कर्जा घटेको छ । ०७८ पुस मसान्तसम्ममा बैंकले २ खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

प्राथमिक पुँजीकोष (टायर वान) न्यूनतम सीमाभन्दा तल झरेपछि राष्ट्र बैंकले एनआइसी एशियालाई लाभांश बाँड्न रोक लगाएको छ । बैंकले आफूसँग भएको पुँजीले नथेग्नेगरी बिजनेश गरेको भन्दै राष्ट्र बैंकले ब्रेक लगाएको हो ।

पछिल्लो समय बैंकले मुद्दतिलाई भन्दा बचत निक्षेप संकलनमा विशेष जोड दिएको छ । बैंकले बचत खातामै उच्च ब्यादर दिने विभिन्न स्किमहरु सार्वजनिक गर्दै त्यसको अभूतपुर्व ब्राण्डिङ गरिरहेको छ । बचत निक्षेप बढाउन बैंकले आमसञ्चारमाध्यम र सामााजिक सञ्जालहरुमा समाचारजन्य सामाग्री र विज्ञापानका लागि ठूलो धनराशी खर्च गरिरहेको छ ।

‘राष्ट्र बैंकले प्राथमिक पुँजीकोाष नपुगेको भन्दै यो वर्षको लाभांश वितरणमा रोक लगाएपछि हामीले आफ्नो रणनीति परिवर्तन गरेका हौं,’ बैंक स्रोतले भन्यो, ‘पुँजीकोष नपुगेका कारण हामी ठूलो बिजनेश गर्न नसक्ने अवस्थामा छौं, त्यसैले मुद्दतिको महंगो निक्षेपलाई निरुत्साहित गर्दै बचतको सस्तो निक्षेपमा केन्द्रित भएका हौं ।’

अन्तर्राष्ट्रिय बैंकिङ अध्यासअनुसार पनि मुद्दति भन्दा बचत निक्षेपको मात्रा धेरै भएको बैंकलाई राम्रो मानिन्छ । किनभने, बचतको ब्याजर मुद्दतिको भन्दा सस्तो हुन्छ । सस्तो ब्याजदरमा निक्षेप उठाएपछि बैंकले सस्तो ब्याजदरमै ऋण दिनसक्छ ।

विगतमा एनआइसी एशियाले चर्को ब्याजदर असूलेको भन्दै व्यवसायीहरुले व्यक्तिगत र संस्थागतरुपमै विरोध जनाउँदै आएको तीतो अनुभव एनआइसी एशिया बैंकसँग छ ।

‘अहिले हामी पहिलेको जस्तो ठूलो आकारको बिजनेश गर्नसक्ने अवस्थामा छैनौं, त्यसैले यो समय सस्तो दरको निक्षेप उठाउनमा ब्यस्त छौं,’ बैंक स्रोतले भन्यो, ‘यो वर्षको नाफाले पुँजीकोष पुगेर व्यवसाय विस्तार गर्न सक्ने भएपछि सस्तो दरमा ऋण दिन सक्षम हुन्छौं ।’

बैंकले पुँजीकोष अभावका कारण थप व्यवसाय विस्तार गर्न नसक्ने अवस्थालाई सस्तो दरको निक्षेप संकलन गर्ने उपयुक्त अवसको रुपमा सदुपयोग गरेको ती अधिकारीले जानकारी दिए ।

यसका लागि बैंकले विभिन्न कर्पोरेट अफिसलाई टार्गेट गरेर प्रडक्ट ल्याएको छ । खासगरी बैंकले, आफ्नो स्किम जागिरे वर्गलाई केन्द्रमा राखेर ल्याएको देखिन्छ ।

बैंकले बचत खातामै उच्च ब्याजदरसहित विभिन्न सुविधाहरु दिएर सर्वसाधारण आकर्षित गर्ने रणनीति लिएको छ ।

‘एनआइसी एशिया बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्दा ग्राहकले विभिन्न दुई दर्जर सुविधाहरु पाउँछन्, जुन सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले दिनेभन्दा उत्कृष्ट हो,’ बैंकको दावी छ ।

सर्वश्रेष्ठ बचत खाता खोल्दा ग्राहकलाई फाइदै फाइदा

एनआइसी एशिया बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् ।

बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीनरतीन वटा बीमा तथा कर्जा सम्बन्धी फाइदा र अन्य डेढ दर्जन फाइदा पाइने बैंकले जनाएको छ ।

सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापकरुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गरिएको बैंकले जनाएको छ ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई ५ वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

सबै थप सुविधारफाईदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउन सक्नेछन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकमा पठाउनुपर्ने हुन्छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यो बैंकले सेवा दिन दिँदै आएको छ ।

एनआइसी एशियाले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजश्वसरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका प्रमुख सूचना अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु