ऐन कानुनको पालना नगर्ने सहकारीलाई कडा दण्ड, जरिवाना हुन्छः रजिष्ट्रार पण्डित



काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीलाई ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गर्दैै, गलत गर्नेलाई दण्ड र जरिवाना गर्ने बताएका छन् ।

उनले सहकारी संघ÷संस्थालाई गोएएमएलमा आवद्ध हुन आग्रह गर्दैै कोपोमिसको प्रभावकारी कार्यान्वयनले प्रविधिको प्रयोग बढ्ने र सहकारीमा सुशासन कायम हुने बताए । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो भनेका हुन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहकारी अभियान्ताको आचरण, व्यवहार र अनुशासित आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

उनले डिजिटल को–अपरेटिभ गर्भनेन्स र डिजिटल साक्षरतालाई फोकस गर्नुपर्नेमा जोड दिए । सहकारी दिवको अववसरमा भएको कार्यक्रममा सदस्यको अधिकार, इच्छा, आवाज र निरिक्षणको सुनिश्चिताका लागि व्यवसायमा नैतिकता, जवाफदेहिता, नविनतासहित सृजनात्मक रुपान्तरणका लागि सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य दीलबहादुर गुरुङले गुणात्मक सहकारी विकासका लागि थिम सार्थक रहेको बताउँदै विचौलियाको अन्त्य गर्दै उत्पादन र उपभोक्तालाई जोड्ने सहकारी उत्कृष्ट व्यवसाय भएको बताए ।

महासंघका अध्यक्ष मिनराज कडेलले सरकारसँग मिलेर सहकारी अभियान अगाडि बढ्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासंघको १० बर्षे रणनीतिक योजनामा सहकारीलाई मर्यादित बनाउन र प्रविधिमा जोड्न के के गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको जानकारी गराइन् ।


क्लिकमान्डु