ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, को बन्यो भाग्यमानी ?



काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको साधारण सेयर (आईपीओ) को बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । जसमा लक्की नम्बर ८ परेको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जना आवेदकले १०-१० कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३१ करोड २५ लाख रुपैयाँको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकोमा ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारी, १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा सर्वसाधारण २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आईपीओ रिजल्ट नामक वेवसाइटबाट, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेवसाइट, ग्रीन भेन्चर्स कम्पनीको वेवसाइट र मेरो सेयरबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु