पञ्चेश्वर आयोजना अगाडि बढाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने विषयमा दुई देशका प्रधानमन्त्रीले सहमति जनाएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले लामो समय देखि रोकिएको पञ्चेश्वर आयोजना अगाडि बढाउने विषयमा सहमति भएको जानकारी दिए ।

 भारतका प्रधानमन्त्री मोदीले नेपालको जलविद्युत आयोजना निर्माण गर्न भारतीय कम्पनीले  थप लगानी गर्ने विषयमा समेत सहमति भएको जानकारी दिए । 

रेलसेवा सुरु

दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर जयनगर कुर्ता रेलसेवा शुभारम्भ गरेका छन् । २४ किलोमिटर लामो क्रम बोडर्र रेल सेवाले दुई देशको सम्बन्ध थप बलियो हुने भारतीय प्रधानमन्त्री मोदीको भनाई छ । भारत सरकारले ८ अर्ब ७८ करोड रुपैयाँ लागतमा रेललाईन बर्दिबास सम्म विस्तार हुनेछ।

यस्तै १३२ केभी क्षमताका ९० किलोमिटर लामो सोलु करिडोर प्रशारणलाईन पनि दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । भारत सरकारको करिब ३ अर्ब ऋण सहयोगमा प्रशारणलाईन निर्माण भएको थियो । 

दुई देशका प्रधानमन्त्रीले भारत सरकारको डिजिटल कार्ड रुपे को नेपालमा सञ्चालनमा ल्याएका हुन् । अब रुपे कार्ड प्रयोग गर्दै नेपाल एसबिआई बैंकका एटिएम मेसिनबाट सजिलै नगद निकाल्न सकिने छ । त्यसका लागि एसबिआई बैंकले नेपाल राष्ट्र बैंकबाट समेत अनुमति लिइसकेको छ । 

यस्तै ५ करोड अमेरिकी डलरको सहयोगमा निर्माण भएको १३२ स्वास्थ्य चौकी समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री देउवाको भ्रमणमा ४ वटा सम्झौता समेत हस्ताक्षर भएको छ । ऊर्जा सचिवले सोलार सम्बन्धी सम्झौतामा हरुताक्षर गरेका छन् । नेपाल अन्तर्राष्ट्रिय सोलार सञ्जालमा जोडिएको छ ।

यस्तै रेल सेवालाई विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा समेत भारतीय रेल बोर्डका अध्यक्ष र भौतिक पूर्वाधार मन्त्रालयका सचिव बिच सम्झौता भएको छ ।दुई वटा सम्झौता नेपाल आयल निगम सँग सम्बन्धित छन् ।

भारतीय आयल निगम र नेपाल आयल निगमका अध्यक्ष तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बिच पेट्रोलियम पदार्थ सहज आपूर्ति सम्बन्धी र प्राविधिक क्षमता विस्तार सम्बन्धी सम्झौता भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा नेपाल भारत जस्तो सम्बन्ध कतै पनि पनि नभएको बताए । ‘सभ्यता, संस्कृति, आदानप्रदानको धागो प्रचिनकाल देखि जोडिएको छ ’ पत्रकार सम्लेलनमा मोदीले भने, ‘यसले हाम्रो सम्बन्धलाई ऊर्जा दिन्छ ।

नेपालको शान्ति, प्रगति र विकासको यात्राका भारत सधैँ सहयोगी छ र सधैँ रहनेछ ।’ ‘ऊर्जाका क्षेत्रमा सहयोग अगाडी बढाउनु पर्छ भन्नेमा हामी सहमति गरेका छौँ ’ मोदीले भने, ‘नेपालबाट बढी भएको ऊर्जा हामीलाई निर्यात गरिरहेको छ ।

यसमा अझै धेरै सम्भावना हरू छन् ।’प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध थप बलियो हुने मोदीले विश्वास व्यक्त गरे । प्रधानमन्त्री शेर बहादुर देउवा आजादीको अमृत महोत्सवको अवसरमा भारत भ्रमणमा आएको बताए ।

 भारत सरकारले कोरोना महामारीका क्रममा भारत सरकारले गरेको सहयोगका लागि धन्यावाद समेत ज्ञापन गरे । राजनीतिक आर्थिक सम्बन्धलाई थप बलियो बनाउने गरी संयन्त्रले काम गर्ने समेत देउवाले बताए ।

भारतको आर्थिक विकासबाट नेपालले समेत लाभ लिन खोजेको बताउँदै आर्थिक विकासका थप सहकार्य गर्न चाहेको बताए । जोगबनी देखि विराटगर रेल सेवा बनाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री देउवाले जानकारी दिए ।


क्लिकमान्डु