सन नेपाल लाइफले बोलायो साधारणसभा, पुँजी वृद्धिको प्रस्ताव पारित गर्ने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा वैशाख ९ गतेका लागि बोलाएको छ ।

कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको पुँजी वृद्धि गर्ने लगायत प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।

यस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


क्लिकमान्डु