बेगनास तालको डुंगा व्यवसायीलाई सिभिल बैंकद्वारा क्यूआर कोड वितरण



काठमाडौं । सिभिल बैंक कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य भएको बताए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी बनाउनुपर्ने बताए ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको छ । साथै, व्यापार व्यवसायहरुमा क्यूआर कोडलाई अझ सशक्त रुपमा देशव्यापीरुपमा लैजाने र आगामी दिनमा पनि यस्तै खालको सेवा ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।


क्लिकमान्डु