सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्न महासंघले उद्यमशीलता गोष्ठी गर्दै



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले चैत २५ र २६ गते ‘नेशनल युथ फोरम को-अपरेटिभ इन्टरप्रेनियरसीप’ को आयोजना गर्ने भएको छ ।

देशभरका साढे २ सय सहकारीका सञ्चालक, युवा उद्यमी तथा प्रतिनिधिहरुको सहभागिता रहने भएको छ । महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालका अनुसार गेष्ठिमा विभिन्न चार विषयमा छलफल तथा प्रस्तुती रहनेछ ।

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गोष्ठिले सहयोग गर्ने बताइएको छ । नेपालमा युवाहरुलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको सहभागीता बढाउन फोरमले भुमिका खेल्ने अपेक्षा रहेको ढकालको भनाइ छ ।

फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्ने र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु¥याउने उनको भनाइ छ ।

गोष्ठिमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघबाट गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले युवा र उद्यशीलता विषयका विभिन्न प्रस्तुतीहरु दिनेछन् ।


क्लिकमान्डु