मूल्य समायोजन नभएको भन्दै व्यवसायीले रोके पेट्रोलियम पदार्थको बिक्री



काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरू पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक लगाएका छन् ।

विभिन्न चरणमा बढाइएको पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै बिक्री वितरण रोक लगाएका हुन् ।

व्यवसायीहरूले गत फागुन २० गते पत्रकार सम्मेलन गरेर माग अघि सारेका थिए । उनीहरुले १५ दिनभित्र ६ बुँदे माग पूरा गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका थिए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी सम्बन्धी संस्थाको सुझाव लिएर मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन् ।

‘सार्वजनिक यातायातमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्नुपर्ने हो । तर, आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए पनि ढुवानीकर्ताको मूल्य बढाएन,’ उनले भने ।


क्लिकमान्डु