सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा उपचार गर्दा १५% छुट



काठमाडौं । सिटिजन्स बैंक र भारत स्थित मेदान्त-द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ ।

बैंकका कार्ड वाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । दिल्ली स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका छन् ।

उक्त सहकार्यमा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट तेह्र लाख पचास हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


क्लिकमान्डु