सेयर बजारप्रति आशा गुमाउँदै लगानीकर्ता



काठमाडौं । सेयर बजारप्रति लगानीकर्ता दैनिकजसो निरास बन्न थालेका छन् । बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा आएको आएको गिरावटले लगानीकर्तालाई झनै निरास बनाएको छ ।

सूचकका बिहीबार बजार मापन गर्ने सूचक २३.९५ अंकले घटेर परिसूचक २५४४.३० बिन्दुमा रोकिएको छ ।

२२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको सेयर किनेबच भएको छ । यो दिन बजारमा कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन । सूचकसँगै कारोबार रकम दैनिकजसो घटिरहँदा लगानीकर्ताले बजारप्रति विश्वास गुमाउन थालेको चर्चा सुरु भएको छ ।

बिहीबार अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ६.३६, विकास बैंक १०३.८८, वित्त ५७.५६, जलविद्युत ५६.०३, जीवन बीमा १७६.२९, माइक्रोफाइनान्स समूहको उपसूचक ३७.३० अंकले घटेको छ ।

बजारमा भारी गिरावट आउँदा पनि इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त, नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा गिरावट आएपनि यी कम्पनीका लगानीकर्ताको सम्पतीमा ह्रास आएको छैन ।


क्लिकमान्डु