९ ब्रोकर कम्पनीले १६ स्थानमा शाखा खोल्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ९ वटा ब्रोकर कम्पनीलाई शाखा खोल्नका लागि सैद्दान्तिक सहमति दिएको छ ।
सेबोनका अनुसार ९ वटा ब्रोकर कम्पनीलाई उपत्यका बाहिर १६ स्थानमा शाखा खोल्न सहमति दिएको हो ।

जसअनुसार ती कम्पनीहरुले पाल्पाको तानसेन, रुपन्देशीको भैरवाह, रामेछापको मन्थली, महोत्तरीको बर्दिबास, मोरङको उर्लाबारी, दाङको तुल्सीपुरमा शाखा बिस्तार गर्न पाउने छन् ।

साथै, चितवन, चरिकोट, कैलालीको लम्की, सिराहाको लाहान, पर्वतको कुस्मा, मोरङको उल्लाबारी, फिदिम, इलाम, नवलपूरको भुमही, झापाको दमक र नवलपुरको कावासोतीमा ब्रोकरलाई शाखा कार्यालय बिस्तार हुनेछन् ।

उक्त स्थानमा ती ब्रोकर कम्पनीले भौतिक पूर्वाधार तयार गरेर बोर्डलाई जानकारी गराउने छन् । बोर्डले तोकेको मापदण्ड पूरा गरेपछि शाखा खोल्न अनुमति दिनेछ ।


क्लिकमान्डु