५ वर्षका लागि नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, ब्याज कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको लागि नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको लागि २ अर्ब रुपैयाँ नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा ६÷६ महिनामा ब्याज भुक्तानी हुनेछ ।

सबै नेपाली नागरिकले खरिद गर्न पाउने बचतपत्र घटिमा १० हजार रपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने छ ।

चैत १ देखि २० गतेसम्म बचतपत्र निष्काशन हुनेछ । निष्काशन बन्द चैत ३० गते हुनेछ । सावा भुक्तानीको अवधि भने २०८३ चैत ३० गते रहेको छ ।


क्लिकमान्डु