सेन्साई को ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक



काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको नयाँ बर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरु जित्न सक्नेछन । १ भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाईक, २ भाग्यशाली ग्राहकहरुले एप्पल म्याकबूक एयर ल्यापटप, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड जित्न सकिने छ ।

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्ने भएको छ । सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन एसइएनएसइआई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ ।

कम्पनीले यो योजना चैत्र १० देखि सिमित अवधिका लागि लागू गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ ।


क्लिकमान्डु