नेपाली सेनाले खुलायो ४ हजार जनाका लागि जागिर



काठमाडौं । नेपाली सेना भर्ना छनौट निर्देशनलयले ४ हजार नेपाली सेना माग गरेको छ । निर्देशनलयले आज सुचना जारी गर्दै ४ हजार नेपाली सेना माग गरेको हो ।

निर्देशनालयले नेपाली सेना पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वेम् उपस्थित भइ तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरेको छ ।

निर्देशनालयले खुल्लातर्फ २ हजार ९८ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती ११० जना, महिलातर्फ ३५८ जना, आदिवासी÷जनजाती ५७२ जना, मधेशी ५०५ जना, दलित २७२ जना र पिछडिएका क्षेत्र ८५ जना गरी ४ हजार जना सैनिक माग गरेको हो ।

जसमा निर्देशनालयले आजको मितिदेखि आगामी वैशाख १६ गतेसम्म दरखास्त दिन सक्नेछन् । तर, दोब्बर दस्तुर बुझाएर भने वैशाख २३ गतेसम्म कार्यालय समयभित्र दर्ता गर्न सुचनामा उल्लेख छ । निर्देशनालयका अनुसारदरखास्त फाराम बुझाउँदा १५ सय रुपैयाँ तोकेको छ ।

साथै, सोही विज्ञापनमा एकभन्दा बढी समुहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि २० प्रतिशतका दरले थप दस्तुर लाग्ने निर्देशनालयले जनाएको छ ।


क्लिकमान्डु