आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा वैशाखमा, बुक क्लोज कहिले ?



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख ९ मा बस्ने साधारणसभाको बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले चैत २५ देखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत २४ गतेसम्म कायम रहेका लगानीकर्ताले सभामा भाग लिन पाउने छन् भने कम्पनीले घोषणा गरेको लाभांंश पनि पाउनेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस र कर तिर्न ०.३७ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह पनि पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०७८-७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।


क्लिकमान्डु