बलेफी हाइड्रोपावरकाे आइपीओ खुला, कहिलेसम्म कति दिने आवेदन ?



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १८ करोड २७ लाख ९७ हजार रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको हो । जसमा ९१ हजार ३९८ कित्ता सामुहीक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।

सर्वसाधारण लगानीकर्ताले १६ लाख ६३ हजार ४५३ कित्तामा आवेदन दिन पाउनेछन् । चैत २१ गतेसम्म आवेदन दिन सकिने आइपीओमा उक्त अवधिमा माग अनुसार आवेदन नपरे चैत ३० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु