४० वर्षभन्दा कम उमेरका डलर अर्बपति ८७ पुगे, एक वर्षमा थपिए ८ जना



एजेन्सी । विश्वमा ४० वर्षभन्दा कम उमेरका डलर अर्बपतिको संख्या ८७ छ । जसले आफ्नै बलबुतामा यो पैसा कमाएका हुन् ।

पछिल्लो एक वर्षमा मात्रै ४० वर्षभन्दा कम उमेरका डलर अर्बपतिको संख्या ८ ले बढेको छ । साथै, पछिल्लो ५ वर्षमा करिब दोब्बरले बढेको छ ।

हुरुन र सांघाईको कम्पनी हाइविन वेल्थका तर्फबाट हाल जारी सूचीमा यो जानकारी दिइएको हो ।

हुरुन ग्लोबल फोर्टी एण्ड अण्डर सेल्फ मेड बिलेनियरिज २०२२ को सूची अनुसार यसमा ३७ डलर अर्बपतिका साथ अमेरिका शीर्ष स्थानमा छ भने २५ डलर अर्बपतिका साथ चीन दोस्रो नम्बरमा छ । यो सूचीमा बेलायतका ८ जना डलर अर्बपति छन् ।

कुल सूचीको संख्यामा अमेरिकामा एक वर्षमा ६ जना, बेलायतमा ५ जना अर्बपति थपिएका छन् । चीनमा यो संख्या ५ जना घटेका छन् । साथै, भारतमा पछिल्लो एक वर्षमा २ जना अर्बपति थपिएका छन् ।

यो सूचीमा ३७ वर्षे मार्क जुकरवर्ग शीर्ष स्थानमा छन् । साथै, टिकटकका संस्थापक ३९ वर्षे झाङ यिमिङ दोस्रो स्थानमा छन् ।


क्लिकमान्डु