हेलिकोप्टरमा सगरमाथा, अन्नपूर्ण र मर्दी बेसक्याम्प घुम्न कति लाग्छ ?



काठमाडौं । ट्रेकिङ मन पराउनेहरुका लागि अन्नपूर्ण, मर्दी र सगरमाथा आधार शिविर प्रमुख गन्तव्य हुन् । पोखरा हुँदै अन्नपूर्ण र मर्दी बेसक्याम्पसम्म पुग्न सकिन्छ भने सगरमाथा आधार शिविर जानका लागि लुक्ला हुँदै जानुपर्छ ।

तर केही व्यक्तिहरु ट्रेकिङका लागि लामो समय नछ्ट्याइ हेलिकोप्टरमा केही घण्टामै पूरा पनि गर्न खोज्ने हुन्छन् । उनीहरुका लागि पनि ट्राभल कम्पनीहरुले विभिन्न प्याकेज बनाएका हुन्छन् ।

जसमा सबैभन्दा धेरै मूल्य सगरमाथा आधार शिविरमा जानका लागि हुन्छन् । विभिन्न ट्राभल कम्पनीले बनाएका प्याकेज हेर्ने हो भने सगरमाथा आधार शिविर हेलिकोप्टरमा जानका लागि ८० हजार रुपैयाँ बुझाउनु पर्छ । सगरमाथामा पर्ने कालापत्थरमा अधिकतम १५ मिनेट बस्न सकिन्छ ।

त्यसैले मर्दी र अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरमा काठमाडौंदेखि घुम्न जाने हो भने २७ हजार रुपैयाँ लाग्छ । तर यी शिविरमा भने केही बढी समय खर्चन पाइन्छ ।


क्लिकमान्डु