सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएकोमा मंगलबार ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु