वालमार्टले अब चुरोट बिक्री नगर्ने



एजेन्सी । विश्वको सबैभन्दा ठूलोमध्येको एक रिटेलर वालमार्टले अब चुरोट बिक्री नगर्ने भएको छ । वालमार्टले शुरुवातमा केही स्टोरबाट यसको शुरुवात गर्नेछ ।

टोबाको बिक्री नगर्ने नीति अनुसार वालमार्टले उक्त निर्णय गरेको हो । वालमार्टले क्यालिफोर्निया, फ्लोरिडा, अर्कासास र न्यू मेक्सिकोका स्टोरबाट चुरोट हटाइसकेको छ । द वाल स्ट्रिट जनरल रिपोर्ट अनुसार वालमार्र्टको टोबाको विरुद्धको नीति अनुसार उक्त निर्णय लिइएको हो ।

वालमार्टका अमेरिकामा मात्रै ५ हजार स्टोर सञ्चालनमा छन् । सन् २०१९ मा टोबाको खरिद गर्नका लागि कम्तीमा २१ वर्ष हुनुपर्ने नियम ल्याइएको थियो ।


क्लिकमान्डु