होटल याक एण्ड यति र हायात होटलका सञ्चालक राधेश्याम सराफको निधन



काठमाडौं । पाँचतारे होटल हायात रेजिन्सी र याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ ।

सराफको सोमबार राति दिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सराफले सन् १९६३ मा तिब्बससँगको व्यापारबाट व्यवसाय शुरु गरेका थिए । उनले सन् १९७७ मा काठमाडौंमा याक एण्ड यति होटल शुरु गरेका थिए , उनले नेपाल भारतमा गरी १२ वटा लक्जरी होटल खोलेका थिए ।

सराफलाई तत्कालीन राजा बीरेन्द्र र ज्ञानेन्द्र शाहले गोर्खा दक्षिण बाहु प्रबल पदकले सम्मान समेत गरेका थिए ।


क्लिकमान्डु