व्यापार घाटा घटाउने नीति बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपुर्ती मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठक निर्देशन दिदै प्रधानमन्त्रीले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिए ।

‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अव तपाईहरुले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्री देउवाको सचिवालयले जारी गरेको विज्ञप्ती अनुसार अर्थतन्त्रलाई आत्म निर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन थियो ।

उनले स्वदेशी उत्पानलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न निर्देैशन दिए ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि निर्देशन दिए ।

‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’


क्लिकमान्डु