भारतीय पर्यटक भित्राउन पर्यटन बोर्डले टुरिजम मार्ट सुरु गर्ने



काठमाडौं । भारतीय पर्यटक भित्राउन पर्यटन बोर्डले टुरिजम मार्ट सुरु गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनको लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताए ।

मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले त्यी पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको जानकारी दिए ।

पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याकेज बिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गर्न लागेको हो ।

कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाललाई बनाउन बोर्डले मार्टको अवधारणा ल्याएको् हो ।

बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरुसँग सहकार्य गरेर टुर अवरेटरको माध्यमबाट नेपालमा भारतीय पर्यटक बढाउने योजना ल्याउने छ ।
पछिल्लो समय भारतीय पर्यटक बढ्दै गएकाले सिमावर्ती क्षेत्रमा ठूला ठूला होटल तथा मनोरञ्जन जोनहरु समेत सञ्चालनमा आएका छन् ।

तर अहिले भएका पर्यटन प्रवद्धनको लागि सबै भौतिक संरचना पूर्णरुपमा व्यवस्थित नभएर पनि आएका पर्यटकलाई सन्तुष्ट बनाउन सक्ने अवस्थामा देखिएको छैन ।

‘हामीसँग हजारौको संख्यामा पर्यटक आए भने भौतिक संरचना समस्या हुन्छ । हाम्रा प्रदेशहरु सिमित भौतिक पूर्वाधारहरु रहेका छन । तर सकारात्मक कुरा के छ भने पछिल्लो १० वर्षभित्र त्यहाँको भौतिक संरचनाको लेभल छ । त्यो सकारात्मक रुपमा विस्तार हुँदै गएको छ । सिमा बोर्डर क्षेत्रमा ठूला होटलहरु त्यति नै मात्रामा खुलेका छन् । क्यासिनोहरु आएका छन्। मनोरञ्जन जोनहरु आएका छन्,’ बोर्डका सीइओ रेग्मीले भने ।

पछिल्लो समय भारतीय पर्यटकको संख्या बढेको छ । अहिले छोटो दुरीका हवाई उडान सुरु भएको छ । जसमा धनगढीबाट पोखरा,नेपालगञ्ज,भैरहवा,चितवन र विरगञ्ज उडानबाट त्यसको रिजल्ट पोखरामा देख्न सकिन्छ । पोखराका होटलहरु भारतीय पर्यटकहरुले भरिभराउ छन । काठमाडौंको त्रिभुव अन्तर्राष्ट्रिय एयरपोटमा मात्रै भर पर्ने हो भने यति पर्यटक आउने थिएनन् ।


क्लिकमान्डु