नेपाल लाइफको सञ्चालकबाट अग्रवालले दिए राजीनामा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले राजीनामा दिएका छन् ।

स्वतन्त्र सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले राजीनामा दिएको कम्पनीले जनाएको छ ।

सोमबार अपरान्ह बसेको सञ्चालक समितिको ३३४ औं बैठकको निर्णयबाट उक्त राजीनामा स्वीकृत भएको जानकारी गराइएको छ ।


क्लिकमान्डु