नेपाल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस ११ र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु