कर नबुझाउने १३० कम्पनीको नाम सार्वजनिक, १५ दिनभित्र बुझाउन आग्रह



काठमाडौं । ज्ञआन्तरिक राजस्व कार्यालय बत्तिसपुतलीले समयमै कर नतिर्ने १३० कम्पनीको नाम सार्वजनिक गर्दै छिटोभन्दा छिटो कर तिर्न सूचना जारी गरेको छ ।

कार्यालय अन्तर्गत रहेका ५ लाख रुपैयाँभन्दा बढी आयकर र मूल्य अभिवृद्धि कर वक्यौता रहेका करदाताहरुलाई विभिन्न मितिमा टेलिफोन, पत्राचारलगायतका माध्यमबाट सूचित गरेपछि कर नतिरेको कार्यालयको भनाइ छ ।
कार्यालयलय ती करदाताहरुलाई १५ दिनभित्र वक्यौता आयकर तथा मूल्य अभिवृद्धि कर दाखिला गरेको तथा दाखिला गर्न नपर्ने प्रमाण भए पेश गर्न समेत भनेको छ ।


क्लिकमान्डु