चैत शुरु भएपछि निक्षेप र कर्जा दुबै घट्यो, ऋण दिन नसक्ने अवस्थामा पुगे बैंक



काठमाडौं । चैत शुरु भएपछि बाणिज्य बैंकमा निक्षेप र कर्जा प्रवाह दुबै घटेको छ ।

चार दिनको अवधिमा निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ भने कर्जाको माग ४ अर्ब रुपैयाँले घटेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकर्स संघका अनुसार ४ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । यस्तै कर्जा प्रवाह ४१ खर्ब ६८ रुपैयाँ भएको छ ।

संघका अनुसार वाणिज्य बैंकको औषत कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ९१.१९ प्रतिशत पुगेको छ । बैंकको अन्तरबैंक ब्याजदर ६.९९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु