स्थानीय निर्वाचन नजिकिँदा पनि किन बढेन् सेयर बजार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकमले पनि साथ नदिएको देखिएको छ ।

सरकारले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने भनेर आवश्यक तयारी थालिसकेको छ । सेयर बजारको लागि निर्वाचन फाप्ने गरेको थियो । यसअघिका निर्वाचनको समयमा बजारमा प्रभाव राम्रो देखिने गरेको थियो । तर यो पटक भने बजारमा उल्लेख्य सुधार आएको छैन । केही लगानीकर्ताका अनुसार बजारमा निर्वाचनको बेलामा बजारमा सुधार भने आउने नै छ । तर अहिले बजार कुन बिन्दुमा पुगेर बढ्ने हो भन्नेमा पर्खिरहेको छ ।

आइतबार बजार १४.६७ अंकले घटेर परिसूचक २६१६.५८ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपालको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबारमा निफ्रा, सप्तकोशी विकास बैंक, जीवन बिकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने मैलुङखोला जलविद्युत कम्पनी, शिव श्री हाईड्रोपावर, प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु