७ वायुसेवा कम्पनीलाई ७ दिनभित्र बक्यौता बुझाउन क्यानको निर्देशन



काठमाडौं । समयमै वक्यौता वापतको रकम नबुझाउने ७ वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ ।

क्यानले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन भनेको हो ।

क्यानका अनुसार नेकोनका सञ्चालकहरु दीपमणी राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ ।

साथै, शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी छ ।

क्यानका अनुसार माउण्टेन एयरका सञ्चालकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्र बहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ र कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बुझाउन बाँकी छ ।

साथै, स्काइलाइन एयरवेजका सञ्चालकहरु आंग छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी छ ।

त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्लव श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ बुझाउन बाँकी छ ।

क्यानले यसअघि ३ पटकसम्म बक्यौता वापतको रकब बुझाउन भनिसकेको छ । क्यानले २०७६ असोज ७ गते, २०७७ माघ २६ गते र २०७८ भदौ १२ गते वक्यौता बुझाउन सूचना नै प्रकाशित गरिसकेको छ ।

क्यानले ती कम्पनीबरुलाई आफूले रकम बुझाउनु नपर्ने भएमा प्रमाणसहित उपस्थित हुन समेत भनेको छ ।

बक्यौता नबुझाउने कम्पनीका सञ्चालक तथा निजका हकदारहरुको हकमा समेत बैंक खाता रोक्का राखी नेपाल बाहिर जान नपाउने गरी राहजानी रोक्काको कारबाही समेत गरी चलअचल जायेजेथाबाट सरकारी बाँकी सरह असुल उपर गरिने समेत क्यानले चेतालनी दिएको छ ।


क्लिकमान्डु