तारागाउँ रिजेन्सी होटलले बनायो लगानीकर्ताको हात खाली



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (हायात)ले सेयरधनीको हातखाली बनाउने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले चैत २७ गते २५ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तारागाउँ रिजेन्सी होटल्स, रजिष्टर्ड कार्यलय बौद्धमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाउने भएको छ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण पेश गर्ने र त्यसमा छलफल गरेर पारित गर्ने बताइएको छ ।
सभाका लागि कम्पनीले चैत १२ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


क्लिकमान्डु