चैतमा टार्गेट पुरा गर्ने नेपाल लाइफका एजेन्टलाई नगदसहित जिन्सी उपहार



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टार्गेट दिएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा इन्सेन्टिभ प्रदान गरिने भएको हो ।

कम्पनीले चैत महिनाभरिका लागि अभिकर्तालाई टार्गेट दिएको हो । कम्पनीले चैत एक गतेदेखि चैत ३० गतेसम्म टार्गेट पुरा गर्ने अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ दिने जनाएको छ ।

५० हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले ५ सय रुपैयाँ नगद न्इन्सेन्टिभ दिने कम्पनीले जानकारी दिएको छ ।

७५ हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्तालाई कम्पनीले ‘नेपाल लाइफ विण्डिचिटर’, एक लाख रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्तालाई ‘नेपाल लाइफ विण्डिचिटर’ का साथमा एक हजार ६२५ नगद इन्सेन्टिभ दिईने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीकाअनुसार दुई लाख रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले ‘नेपाल लाइफ विण्डिचिटर’ का साथै ३ हजार रुपैयाँ नगद इन्सेन्टिभ प्राप्त गर्नेछन् ।

दुइ लाख रुपैयाँभन्दा माथि थप एकलाख २५ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्तालाई कम्पनी दुई हजार ५ सय रुपैयाँ इन्सेन्टिभ दिइनेछ ।

१० लाख रुपैयाँ वा सो भन्दा माथि बीमाशुल्क संकलन गर्ने अभिकर्तालाई रारा भ्रमणको साथै एकथान ‘नेपाल लाइफ विण्डिचिटर’ अथवा २० हजार रुपैयाँ नगद दिइने कम्पनीले जानकारी दिएको छ ।

तर, यस्ता योजनामा संस्थागत अभिकर्तालाई समावेश नगरिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उक्त नगद इन्सेन्टिभ रकममा नियमानुसार १५ प्रतिशत कर कट्टा गरिने छ ।

व्यवसाय संयोजकका लागि समेत कम्पनीले टार्गेट दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा नियुक्त तथा नविकरण भएका व्यवसाय संयोजकहरुले २०७८ चैत महिनामा हुने अभिकर्ता तालिममा ५ जना नयाँ अभिकर्ता सहभागिता गराई कम्तिमा ३ जना अभिकर्ताहरुलाई सक्रिय गराएर ती अभिकर्ताहरु मध्येबाट एकलाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नेसंयोजकलाई समेत इन्सेन्टिभ दिने कम्पनीले जनाएको छ । ती व्यवसाय संयोजकलाई कम्पनीले ‘नेपाल लाइफ विण्डिचिटर’ उपलब्ध गराउने छ ।

यस्तै, एजेन्सी म्यानेजर आर्थिक वर्ष २०७७/०७८ मा नियुक्त भएका तथा नविकरण भएका एजेन्सी म्यानेजरहरु २०७८ चैत महिनामा नियुक्त/नविकरण भएमा वा १० लाख रुपैयाँ बीमाशुल्क दिएमा ती एजेन्सी म्यानेजरलाई पनि एक थान ‘नेपाल लाइफ विण्डिचिटर’ उपलब्ध गराउने छ ।


क्लिकमान्डु