धान बालीको बीमा गरेका किसानले पाए भुक्तानी



काठमाडौं । धान बालीको बीमा गरेका किसानले भुक्तानी पाएका छन् । गत असोजमा बेमौसमी वर्षातका कारण धान बालीमा क्षति पुगेका किसानले बीमा कम्पनीबाट दाबी रकम पाएका हुन् ।

कम्पनीहरुले धान बाली बीमा गर्ने किसानलाई भुक्तानी दिएको समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

‘असोज महिनामा बेमौसमी वर्षातका कारण धान बालीमा क्षति पुगेका किसानलाई भुक्तानी दिईसकेका छन्,’ पौडेलले क्लिमाण्डूसँग भने, ‘ठुलो क्षति हुँदा पनि किसानले बीमा नगर्दा बीमा कम्पनीमा कम रकमको दाबी परेको थियो ।’

उनले आज पनि किसानहरुमा बीमा गर्दा कम्पनीले रकम भुक्तानी गर्छन् भन्ने सचेतना पुग्न नसकेको बताए ।

यसरी कम्पनीहरुले बीमा रकम दिँदा भने किसानहरुमा बीमा गरे पछि क्षतिपूर्ती पाईने रहेछ भन्ने लाग्ने र बीमातर्फ आकर्षण बढ्ने उनको भनाइ छ ।

८ अर्बको क्षति, १५ लाख दावी

कृृषि तथा पशुपन्छी मन्त्रालयकाअनुसार असोज ३१ गतेदेखि निरन्तर परेको बेमौसमी वर्षाका कारण ७ वटा प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको क्षति पुगेको थियो ।

तर, ८ अर्ब रुपैयाँको क्षति हुँदा बीमा कम्पनीमा भने १४ लाख ९० हजार रुपैयाँको माग दावी परेको थियो ।

सगरमाथा, दि ओरियन्टल, हिमालयन जनरल, नेपाल, नेको, नेशनल र अजोड इन्स्योरेन्सले बीमालेख जारी गरेका थिए ।

जसमध्ये दि ओरियन्टल इन्स्योरेन्स र हिमालयन जनरलमा माग दाबी परेको थियो ।

त्यसमा पनि हिमालयन दि ओरियन्ट इन्स्योरेन्समा भने आंशिक रुपमा माग दाबी परेको थियो ।

हिमालयन जनरल र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा १६ वटा बीमा दावी वापत सो रकमको माग दावी परेको थियो ।

दि ओरियन्टल इन्स्योरेन्सले १६ वटा धान बीमालेख जारी गरेको थियो । कम्पनीले ५० लाख ५३ हजार रुपैयाँ बीमांकका १६ वटा बीमालेख जारी गरेको तथ्यांकमा उल्लेख थियो । कम्पनीमा सुनसरी जिल्लाबाट ८ वटा दावी वापत ८ लाख १५ हजार १९१ रुपैयाँको माग दावी परेको थियो ।

यस्तै, हिमालयन जनरल इन्स्योरेन्समा ८ वटा बीमा दावी पावत ६ लाख ७५ हजार रुपैयाँको माग दावी परेको थियो । कम्पनीले ६३ लाख ३९ हजार ७५९ बीमांक रकमका ८ वटा बीमालेख जारी गरेको थियो ।

सगरमाथा इन्स्योरेन्सले ४ लाख बीमांकको एउटा बीमालेख जारी गरेको थियो । उक्त कम्पनीमा कुनै पनि माग दावी परेको थिएन । ओरियन्टल इन्स्योरेन्सले ५० लाख ५३ हजार रुपैयाँ बीमांकको १६ वटा बीमालेख जारी गरेको थियो

यस्तै, नेपाल इन्स्योरेन्सले एक करोड ३ लाख ३६ हजार रुपैयाँ बीमांक बराबरको ३१ बीमालेख, हिमालयन जनरल इनस्योरेन्सले ६३ लाख ३९ हजार रुपैयाँ बीमांकको ५ बीमालेख, नेशनल इन्स्योरेन्सले ६ लाख ५ हजार बीमांक बराबरको एउटा बीमालेख, नेको इन्स्योरेन्सले ४ लख ८१ हजार रुपैयाँ बीमांक बराबरका ५ बीमालेख जारी गरेका थिए । भने अजोड इन्स्योरेन्सले ४ लाख ९१ हजार रुपैयाँ बीमांकका ३ वटा बीमालेख जारी गरेको थियो ।

बीमा समितिले लागतमा आधारित धान बाली बीमालेख र उत्पादनमा आधारित चैते धान बाली बीमालेख गरी दुई वटा बीमालेख जारी गरेको छ ।

धानबालीको बीमा अवधिभित्र हानी–नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपूर्ति रकम भुक्तानी दिनेछ । कम्पनीहरुले बीमाङ्क रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

आगलागी, चट्याङ भूकम्प, बाढी÷डुवान ÷खडेरी पहिरो÷भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु तथा किरा तथा रोगबाट हुनेहानी–नोक्सानी क्षति भएमा रक्षावरण हुन्छ ।


क्लिकमान्डु